• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

फिफा अध्यक्ष गियानीलाई कोराना संक्रमण

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोलाई कोराना संक्रमण भएको छ । फिफाले अध्यक्षलाई कोरोना संक्रमण भएको बुधबार पुष्टी गरेको हो ।

 

५० वर्षे गियानीलाई कोरोनाको केहि लक्षण देखिएको बताइएको छ । संक्रमणपछि उनी १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

 

फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना पुष्टी भएको छ । कोरोना परिक्षणमा पोजेटिभ देखिएको छ,’ फिफाले विज्ञप्ती गरेको विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्षलाई हल्का लक्षण देखिएको छ ।  उनी अहिले  आइसोलेसनमा बसेका छन् । कम्तीमा १० दिन उनी क्वारेन्टिनमा बस्नेछन् ।’ फिफा सचिवालयले अध्यक्षलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार