• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

मुम्बईद्धारा बैंगलोर ५ विकेटले पराजित

काठमाडौं । मुम्बई इन्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा कायम रहेको छ । 

 

आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा कायम राखेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

 

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।

 

बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहाल र मोहमद सिराजले समान दुई–दुई विकेट लिए । त्यस्तै क्रिस मोरिसले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । बैंगलोरका लागि देबदक्त पाडिकलले अर्धशतकीय पारी खेले ।  ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे । यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए ।

 

गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे । कप्तान विराट कोहली ९ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पुरा गरेका छन् ।

 

राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १र१ विकेट लिए ।यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

 

जित संगै मुम्बई आईपीएलको यो सिजन प्लेअफमा पुगेको छ । मुम्बई ११ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार