• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

 

कोभिड-१९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

स्थगित गरिएको बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको छ । कोभिड १९ को महामारीको प्रकोपको कारण देखाउँदै कात्तिक १५ गतेदेखि बोलाइएको बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार