• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

चिनियाँ राजदूतको आवाजमा ‘रेशम फिरिरि’

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।

 

आफूले गाएको गीत सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छन् ,‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई सौभाग्य र खुसी ल्याओस् !’

 

उनले त्यो १ मिनेट २९ सेकेन्डको गीतको क्लिप नेपालीलाई शुभकामनास्वरूप प्रस्तुत गरेकी हुन्।  

 

 

Chinese Ambassador Hou Yanqi and her colleagues sing a Nepali song Resham Firiri. May this song bring good luck and happiness to all the Nepali friends!???????? चिनियाँ राजदूत हौ यानछि तथा सहकर्मीहरूले नेपाली गीत रेशम फिरिरि गाउनुभयो। यसले सबै नेपाली साथीहरूलाई शौभाग्य र खुशी ल्याओस् भन्ने म कामना गर्दछु!

Posted by Chinese Embassy in Nepal on Sunday, October 25, 2020

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार