संक्रमितको संख्या बढ्न थालेपछि पर्वतमा ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू
पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू गरेको हो ।
कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने भन्दै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस