• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

देशभर कोरोनाबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको कुल संख्या ८७६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।

 

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ । दुई दिनयता कोरोना परीक्षणको दर घटेकाले नयाँ संक्रमित थपिने क्रम घटेको छ ।

 

मंगलबार देशभर जम्मा पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी यो अवधिमा ३१ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हाल दुई सय ८१ जनाको आइसियू र ७१ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार