• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

धरान, बुटवल र भरतपुरमा गरी थप चार कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

 

सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।

 

यस्तै रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन गएराती सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए  ।

 

यता भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा २१ का ५६ वर्षीय पुरुष छन् ।

 

कात्तिक ५ गते श्‍वासप्रश्‍वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको सीआईसीयू कक्षमा भर्ना गरिएको थियो । उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार