• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

मुम्बई इन्डियन्ससँग राजस्थान आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिगको ४५ औं खेलमा राजस्थान रोयलले मुम्बई इन्डियन्सलाई आठ विकेटको विशाल अन्तरले हराएको छ । अबुधाबीमा मुम्बईले प्रस्तुत गरेको १९६ रनको विशाल लक्ष्य राजस्थानले खेल सकिन दश बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पुरा गेको थियो । 

 

ब्याट्सम्यान रोबिन उथप्पा र कप्तान स्टिभ स्मिथको विकेट ४४ रनमै पतन भएपछि राजस्थान दबाबमा आएको थियो तर अर्का ओपनर बेन्न स्टोक्सले सञ्जु साम्सनसँग तेस्रो विकेटका लागि एक सय ५२ रनको उत्कृष्ट साझेदारी गरेपछि उसको जित सम्भव भयो । स्टोक्सले मात्र ६० बलको सामना गर्दै १४ चौका र तीन छक्काको सहयोग १०७ रनको अविजित पारी खेल्नुभयो ।  ब्याट्सम्यान सञ्जु साम्सनले ३१ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाउनुभयो ।


यसअअिघ टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले हार्दिक पाण्डेयको अर्धशतकको सहयोगमा १९५ रन जोडेको थियो । पहिलो इनिङ्समा ब्याटिङ गर्दै मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको थियो । 

 

मुम्बईका लागि सुर्यकुमार यादवले ४० रनको योगदान दिए । उनले २६ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४० रन जोडेका हुन् । त्यस्तै ओपनर ब्याट्सम्यान इसान किसनले ३७ रनको योगदाना दिए । उनले ३६ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३७ रनको पारी खेलेका हुन् । सौरभ तिवारीले ३५ बलमा ४ चौका र एक छक्का ३४ रन जोडे । 

 

क्निट्न डि कँक र कायरन पोलार्ड समान ६–६ रनमा आउँट हुँदा, हार्दिक पाण्डेयले ६० रनको आक्रमक अविजित पारी खेले । उनले २१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६० रनको अविजित पारी खेलेका हुन् । त्यस्तै कुर्नाल पाण्डेय ३ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चर र श्रेयस गोपालले समान दुई–दुई विकेट लिए । कार्तिक ट्यागीले एक विकेट लिए ।

 

यो जितसँगै राजस्थान अङ्कतालिकाको छैठौं स्थानमा उक्लेको छ । राजस्थानले १२ खेलमध्ये पाँचमा जित हात पार्दै दश अङ्क बटुलेको छ । उसको प्ले अफ पुग्ने सम्भावना जिवितै छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार