• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । शनिबार साँझ भएको खेलमा दिल्ली कोलकातासँग ५९ रनले रनले पराजित भएको हो । 

 

शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

 

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए ।  यस्तै ऋषब पन्तले २७ रन जोड्दा शिम्रन हिटमायरले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।दिल्लीले तीन ओभरमा टोलीको मात्र १३ रन हुँदा ओपनर ब्याट्सम्यानद्धोय अजिङ्गे रहाणे र शिखर धवनलाई गुमाएको थियो । 

 

धवान शुन्य रनमा पेभिलियन फर्किदा रशाणे ६ रनमा पाट कुमिन्सको बलमा बोल्ड आउट भएका थिए । सिम्रोन हेटमायर १०, मार्कुस स्टोइनिस ६, कागिसो रबाडा ९, अक्सर पटेल ९ र तुसार देसपाण्डे १ रनमा पेभिलियन फर्किए । रभिसचन्द्र आश्विन १४ रनमा अविजित रहे ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए भने मात्र ४२ रन जोड्दा ३ विकेट गुमाईसकेको कोलकाताका लागि नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए ।

 

यस्तै राहुल त्रिपाठी १३ रनमा आउट हुँदा सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन जोडे । कप्तान इयान मोर्गनले १७ रन बनाए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २-२ विकेट लिए । 

 

जितसँगै कोलकाताले आफ्नो प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । ११ खेल  खेलेको कोलकाताले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । यता पराजित दिल्ली भने ११ खेलबाट सात खेलमा जित सहित १४ अंक जोडर दोस्रो स्थान यथावत छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार