• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

किफ नेट्प्याक अन्तर्गत एशियन सेलेक्ट क्याटेगोरीमा चलचित्र 'महानगर'

काठमाडौं । मोहन राईद्वारा लिखित तथा निर्देशित चलचित्र महानगरको वल्र्ड प्रिमियर कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) मार्फत हुने भएको छ ।

 

किफले नेट्प्याक अन्तर्गत ‘एशियन सेलेक्ट ‘क्याटेगोरीमा महानगरलाई चयन गरेको छ । नेट्प्याक अन्तर्गत एशियन सेलेक्ट् कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) तीनमध्येको एउटा प्रतिस्पर्धात्मक क्याटेगोरी हो । 

 

यस वर्ष किफले महानगर लगायत एशियाका सात चलचित्रलाई यो क्याटेगोरीमा चयन गरेको छ । ‘म सत्यजीय रायको ठूलो प्रशंसक हुँ । उनले कोलकता सहरमा नै आधारित कथालाई लिएर यही नाम गरेको चलचित्र आज भन्दा ५७ वर्ष अघि निर्देशन गरेका थिए । यही सहरमा हुनलागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा महानगर चलचित्र वल्र्ड प्रिमियर हुन लाग्नुलाई एउटा रमाइलो संयोग मानेको छु,’निर्देशक मोहन राईले भने ।

 

महानगर माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निमार्ण गरेकोहो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नव निधी दाहाल रहेका छन् । 

 

महोत्सवकोे २६ औं संस्करण आगामी नोभेम्बर ५ देखि १२ नोभेम्बरमा भारतको कोलकातामा आयोजना हुन लागेको छ । कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) विश्व कै एउटा महत्वपूर्ण चलचित्र महोत्वस मानिन्छ र यो महोत्सव चलचित्र निर्माताको अन्तर्राष्ट्रिय संघ फियापले वर्गिकरण गरेको २३ वटामध्ये एउटा‘प्रतिस्पर्धात्मक विशिष्टि कृत फिचर चलचित्र’(कम्पिेटेटिभ स्पेसलाइज्ड् फिचर फिल्म फेस्टिभल) महोत्सव हो ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार