• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

उपत्यकामा दुई हजार ३८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ३८८ कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।

 

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५७ हजार ८ सय ७२ पुगेको छ । काठमाडौंमा ४५ हजार ५ सय ७ जना, ललितपुरमा ६ हजार ६ सय १ , भक्तपुरमा ४ हजार ५ सय १५ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार