• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

थपिए ३७९० कोरोना संक्रमित, ६९ दशमलव ५ प्रतिशत डिस्चार्ज

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७९०  संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ।

 

पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६९ दशमलव ५ प्रतिशत रहेको छ।

 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ।देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् ।

 

आजसम्म देशभर चार हजार ४७० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने  २८२ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार