• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

दशैंमा ‘दशैं तिहार आयो’ सार्वजनिक

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ ।

 

यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ ।

 

शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका विक, कशिष रेग्मी, सीमीए सुनुवार फिचर्ड छन् ।

 

भिडियोमा सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग तथा शिवकै कोरियोग्राफी छ । भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार