• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

सुपर ओभरमा कोलकत्ताको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

 

आइतबार भएको खेलमा कोलकाताले सनराइजर्स हैदारावादलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा लकि फग्यूसनले दुई विकेट लिँदा हैदरावादले मात्र दुई रन बनायो। दुई रनको लक्ष्य लिएर मैदान आएको कोलकाताले चार बलमा तीन रन पूरा गर्न सफल भयो । 

 

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित रहदै ४८ रन बनाए । जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्‍याएका थिए ।

 

कोलकत्तासँगको खेलसँगै वार्नरले आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । वार्नर ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी हुन् । बलिङतर्फ कोलकात्ताका लागि लकि फग्यूसनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्याट कमिन्स, शिभम् मावी र भरुन चक्रवर्तीले समान एक–एक विकेट लिए ।  

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । कोलकात्ताका लागि सुभम गिलले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै कप्तान आइन मोर्गानले ३४ रन बनाउँदा नितिस राना र दिनेश कार्तिकले समान २९–२९ रनको योगदान गरे । 

 

हैदराबादका टी नटराजनले २ विकेट लिए। बिजय शंकर, बसिल थाम्पी र राशिद खानले १र१ विकेट लिए ।

 

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा रहेको छ । हैदराबादको यो छैटौं हार हो । हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार