सुपर ओभरमा पन्जाबको जित
काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा पराजित गरको हो । पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
पहिलो सुपर ओभरमा पन्जाबले दिएको ५ रनको लक्ष्य मुम्बईले पनि पाँच रन बनाए पछि सुपर ओभरको खेल पनि बराबरी भएको थियो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १७७ रनको लक्ष्य पछएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
पन्जाबका लागि केएल राहुलले अर्धशतकीय पारी खेले ५१ बल खेलेका उनले ७ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाउन सफल भए । त्यस्तै क्रिस गेल र निकोलस पुरानले समान २४–२४ रनको योगदान गरे । पन्जाबका लागि दीपक हुड्डाले २३ रन बनाए ।
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै राहुल चहारले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
मुम्बईका लागि क्विइन्टन डीककले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ५३ रनको योगदान गरे । त्यस्तै कुनाल पाड्या र किरोन पोलार्डले समान ३४–३४ रनको योगदान गरे । मुम्बईका लागि नाथन कट्रेलले २४ रन बनाए ।
बलिङतर्फ पन्जाबका लागि मोहम्मद स्विामी र अर्शदीप सिंहले समान दुई–दुई विकेट लिए । त्यस्तै क्रिस जोर्डान र रवि विश्नोइले समान एक–एक विकेट लिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस