• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस प्रमुख सचेतक खाँण र सांसद थापाले फिर्ता गरे दसैं भत्ता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् । 

 

आइतबार एक विज्ञप्ति जारी गरेर खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका छन् । नेता खाँणले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको उल्लेख गरेका छन् ।

 

'हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु,' खाँणले विज्ञप्ति मार्फत भनेका छन् ।

 

यस्तै कांग्रेसका सांसद थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम संघीय संसद सचिवालयमा फिर्ता गरेको जनाएका छन् । उनले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताए । सांसदहरूको खातामा असोज महिनाको पारिश्रमिकसँगै दसैं खर्च पनि संसद सचिवालयले जम्मा गरिदिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार