• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

दुई हजार ९४२ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप दुई हजार ९४२ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसन १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८३१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार