• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

दिल्लीद्धारा चेन्नई ५ विकेटले पराजित

काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । 

 

सारझाँ क्रिकेट स्टेडियममा चेन्नईले जितका लागि दिएको १८० रनको लक्ष्य पछएको दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनाउन सफल भएको थियो ।

 

दिल्लीका लागी शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । बलिङतर्फ चेन्नईका लागि दीपक चहारले दुई विकेट लिए । त्यस्तै श्यम करन, शार्दुल ठाकुर र डुवेन ब्राभोले समान एक–एक विकेट लिए । 

 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

 

दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् । उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन् ।

 

यो संगै  दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै चेन्नई ९ खेलबाट ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार