• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

नेपालका पहिलो चलचित्र छायाँकार बैकुण्ठमान मास्केको निधन

काठमाडौं । नेपालका पहिलो चलचित्र छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । 

 

८३ वर्षीय मास्केको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको हो । कलेजोका बिरामी मास्के लामो समयदेखि डायलोसिस गराइरहेका थिए । पछिल्लो समय उनलाई कोराना पोजेटिभ पनि देखिएको थियो ।

 

मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र  ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् ।

 

उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् । मास्केको श्रीमती र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार