• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

वीरगञ्जको श्रीगणेश अपार्टमेन्टबाट साँढे २२ किलो सुन बरामद

बीरगञ्ज । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित श्रीगणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।

 

सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो । सुनसँगै चाँदीको गरगहाना तथा थाल गरेर २ किलो चाँदी बरामद गरेको प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार