गायिका राउतको नयाँ गीत ‘यानी माया' सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत ‘यानी माया' सार्वजनिक भएको छ ।
आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
यससँगै गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । कविता नेपाली, गौरभ विष्ट, सर्मिला तामाङ र नीमा श्रेष्ठ भिडियोमा देखिएका छन् ।
हिमालयन इन्फ्रा टिमले निर्देशन गरेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस