• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

गायिका राउतको नयाँ गीत ‘यानी माया' सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत  ‘यानी माया' सार्वजनिक भएको छ ।

 

आस्थाको स्वर रहेको  गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

 

यससँगै गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । कविता नेपाली, गौरभ विष्ट, सर्मिला तामाङ र नीमा श्रेष्ठ भिडियोमा देखिएका छन् । 

 

हिमालयन इन्फ्रा टिमले निर्देशन गरेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार