• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

'मायाले मलाई बोलायो' मा स्मिता र सलोनको मायाप्रेमको कथा

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ। गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । 

 

नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस 'प्रफेक्ट प्लान' बाट निर्माण गरेको  म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङको अभिनय रहेको छ । 

 

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठुलो भईसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा बुनिएको छ । भिडियो 'प्रफेक्ट प्लान' को युट्युब च्यानलमा उपलब्ध छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार