• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

आयो वेभ सिरिज ‘काण्डै काण्ड’ 

काठमाडौं । आजभोलि दिनप्रतिदिन नया–नयाँ वेभ सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन । जसमध्ये एक हो अर्को के छ खबर टिभीले उत्पादन गरेको वेभ सिरिज ‘काण्डै काण्ड’ ।

 

लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गरेका हुन्, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन् । सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

 

वेभ सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टिभीका नारायण उपाध्याले बताए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार