• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

विशाल र प्रविशाको गीत ‘इशारा काफी छ’ सार्वजनिक

काठमाडौं । गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’ को भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेनको संगीत रहेको छ । भिडियोमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की फिचर्ड छन् ।

 

प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ । भिडियो एएमएस टीभी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार