• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

आगामी २३ वर्षभित्र गरिबी शून्यमा झर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक लागेको भन्दै ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका कमजोरीबाट पाठः सिकेर गरिबी निवारणको आगामी बाटो तय गरेको उल्लेख गरे ।

 

उनले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न हामी सक्रिय रहेको जानकारीसमेत दिए । 'गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण,उच्च र दीगो उत्पादन  तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छौँ', उनले सन्देशमा भनेका छन्, 'मानव अधिकारको संरक्षण, समावेशी एवं न्यायपूर्ण समाजको निर्माण, सन्तुलित एवं दीगो विकासमा हामीले आशातीत सफलता प्राप्त गरिरहेका छौँ ।' 

 

प्रधानमन्त्री ओलीले यो संकल्प मार्फत् गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्रिय रहेको दाबी गरेका छन् । ओलीले शुभकामना सन्देशमा विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षामा सार्थक उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार