• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

दशैं घरमा घटस्थापना

काठमाडौं । घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैंको जमरा राखिएको छ । दशैँको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ ।

 

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

 

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको हनुमानढोका बसन्तपुर दरवार क्षेत्रमा पनि विधिपूर्वक घटस्थापना गरियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार