• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

बलिउड फिल्म 'का पे रनसिंगम' नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक बलिउडको फिल्म पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिश होमले शुरुवात गरेको छ ।

 

असोज ३० गते रिलिज हुने फिल्मका 'का पे रन सिंगम' 'पे पर भ्यू' सुविधामार्फत डिश होमका ग्राहकहरुले हेर्न पाउनेछन् । फिल्म 'का पे रन सिंगम' सत्य घटनामा आधारित, सामाजिक चलचित्र हो, जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ ।

 

तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमा घर इन्टरनेशनल च्यानल नं.९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिनेछ । 

 

यस्तै असोज १६ गते रिलिज भएको चलचित्र 'खालीपीली' हेर्न चाहनुहुने दर्शकहरुको लागी बिहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार