पन्जाबद्वारा बैंगलोर पराजित
काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले दोस्रो जित हात पारेको छ ।
बिहीबार भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । शाराझा क्रिकेट स्टेडियममा बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य पछएको पन्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।
पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाएका गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४८ रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौकाको रहयोगमा ४८ बनाउन सफल भएका हुन् ।
त्यस्तै शिभम डुबेले २३ रन बनाउँदा अरोन फिन्चले २० रनको योगदान गरे। बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले र मर्गान अश्विनले समान दुई–दुई विकेट लिए। त्यस्तै अर्सदीप सिंक र क्रिस जोर्डानले समान एक–एक विकेट लिए ।
यो जित सँगै पन्जाबले आठ खेलबाट चार अंक जोडेको छ । त्यस्तै समान खेल खेलेको बैंगलोर १० अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस