हन्तकाली बाँदर
शान्तिकारी जतिलाई क्रान्तिकारीले सिध्याए
क्रान्तिकारी जतिलाई भ्रान्तिकारीले सिध्याए
भ्रान्तिकारी जतिलाई भ्रष्टाचारीले निम्त्याए
भ्रष्टाचारी हन्तकालीले देशै रित्याए ।
रित्ताले रित्तो मादल भेटे घन्काए
त्यत्रो आवाज भित्र के छ ? सबले कोट्याए
कोट्याउँदा भ्वाङ पर्यो रित्तै भेट्टाए
बज्न छोड्यो मादल जब,फ्याट्टै मिल्काए
जसको हात जे जे पर्यो च्याते तन्काए
टुक्रा टुक्रा जे–जे भेटे भुँडी पल्टाए
बाँदरले चर्तिकला गजब देखाए ।
हन्तकाली बाँदरले देशै रित्याए ।
प्रतिकृया दिनुहोस