• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

७२ घण्टे ‘श्री’ मा सन्दिप, बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म

काठमाडौं । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक चलचित्र तयार गरिएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । चलचित्रको बिहीबार अर्थात् निर्देशक बोहराको जन्मदिन (२९ असोज) पारेर फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको हो । 

 

चलचित्रमा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

 

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ हुन भने यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सह-निर्माता छन् ।

 

निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार