• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नव नियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 

राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । 

 

नवनियुक्त मन्त्रीहरुमा विष्णुप्रसाद पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् ।

 

यस्तै यसअघि महिला मन्त्रालय सम्हाल्नुभएका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै कायम गरिएको छ ।

 

उपप्रधानमन्त्री एव रक्षामन्त्री इश्वर पोखरेलको जिम्मेवारी भने खोसिएको छ । प्रधानमन्त्री मन्त्री परिषद कार्यालय हेर्ने गरी उहाँलाई उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार