• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

दिल्ली शीर्ष स्थानमा,राजस्थान रोयल्स १३ रनले पराजित

काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । त्यस्तै रविन उडथपाले ३२ रन बनाउँदा सन्जु श्यामसन २५ तथा जोस बट्लरले २२ रनको योगदान गरे। 

 

बलिङतर्फ दिल्लीका लागि तुसार देशपाण्डे र अरिच नोर्टजेले समान दुई–दुई विकेट लिए । त्यस्तै कगिसो रवाडा, रविचन्द्र आश्विन र अक्षर पटेलले समान एक–एक विकेट लिए । 

 

यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे । दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २र२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

 

यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

 

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १र१ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार