• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

ईश्वर पोख्रेलको रक्षामन्त्रीको पद खोसियो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिईएको  रक्षामन्त्री पदको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम रक्षामन्त्रीको रुपमा समावेश छैन । 

 

उनलाई उपप्रधानमन्त्री मात्रै राखिएको छ भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् । यसअघि पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए। 

 

यस्तै ओली सरकारमा ३ नयाँ अनुहारले प्रवेश पाएको छ ।  जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता गोपालमान श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार