• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

उपाध्यक्ष गौतमको मुद्दाको सुनुवाई दसैंपछि मात्रै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम विरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने सम्भवना देखिएको छ ।

 

बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा कोरोना भाइरसका कारण संवैधानिक इजलास बस्न नसकेको बताइएको छ ।

 

हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार