• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

सापकोटाले ल्याए ‘वनको वैभव’

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो ।

 

यो पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको गैरआवासीय नेपाली सङ्‍घ (एनआरएनए) का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए । ‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने,'यसरी गम्भीर अध्ययन(अनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’’

 

पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ। नेपाली वाङ्मयमा यस किसिमको पुस्तक लेखिनु खुसीको विषय रहेको उनले बताए। पुस्तकमा तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेकका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा छ ।

 

‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययनअनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन् ।’ पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ । नेपाली वाङ्मयमा यस किसिमको पुस्तक लेखिनु खुसीको विषय रहेको उनले बताए । 

 

पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु । जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टीभी कार्यक्रम हेरेको छु । त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो ।’’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार