• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

यसपटक दशैंमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय   

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।

 

कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

 

दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

 

यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उनले बताए । यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार