• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने नयाँ कानुन

काठमाडौं ।  बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ।

 

सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो। बीबीसी बाङ्ग्लासँग कुरा गर्दै कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने बताए। गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो।

 

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए। धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए।

 

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो। अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीलाई बताए।

 

यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार