• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

रंगकर्मी प्रदीप कुमार चौधरीको निर्देशनमा थारु भाषाको गीत 'घुईम घुईमके ताकैबालिके' आउँदै

काठमाडौं । रंगकर्मी प्रदीप कुमार चौधरीले निर्देशनमा थारु भाषाको गीत 'घुईम घुईमके ताकैबालिके' आउने भएको छ। आज बेलुका ५ बजे युट्युब मार्फत गीतको भिडियो सार्वजनिक गरिंदैछ ।  

 

चौधरीले रचना गरेको गीतमा थारु मोडल देबिन चौधरी र एण्डिशा चौधरीको अभिनय देख्न सकिन्छ । त्यस्तै यसै गीतको  भिडियो मार्फत आकृति चौधरीले पनि यसबाट डेव्यु गरेकी छिन्। 

 

भिडियोमा सुनसरी र सप्तरी जिल्लाका सुन्दरहरुलाई ठाउँहरुलाई खिचिएको छ भने यो गीत थारु भाषामाको सास्कृतिक र आधुनिक फयुजन हो। गीतमा पुर्व मेची देखि पश्चिम् महाकाली सम्मका दर्शकहरु सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको निर्देशक चौधरीले बताए । 

 

पश्चिम् कैलाली कि अन्नु चौधरी र चिववनका गायक मनोज महतोको आवाज रहेको गीतमा चितवनका सुदिप खतिवडाले संगीत भरेका छन्। त्यस्तै गीतमा सप्तरीका प्रसिद्ध थारु गायक बिजय चौधरीको संगीत संमयोजन रहेको छ । गीतमा  श्रवन कुमार चौधरीको छायांकन र  रजनीश चौधरीको कोरियोग्राफी रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार