• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा व्यवस्थापन विज्ञ प्रकाश पौडेललाई नियुक्त गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धक नियुक्त गरेको कृषी तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

 

बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत थिए । 

 

उनी दिव्या हर्वासिटिकलका अध्यक्षसमेत हुन् । पर्यटनमन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा उनी सदस्य थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार