• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

आकस्मिक र कोभिडबाहेकका सेवा बन्द गर्ने चेतावनी

काठमाडौं। चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।

 

नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको हो । ‘डा.केसीको खस्कँदो स्वास्थ्य स्थितिका कारण ७२ घण्टाभन्दा बढी कुर्न सक्दैनौं,’ संघका अध्यक्ष डा.लोचन कार्कीले भने ।

 

६ बुँदे माग अघि सारेर २२ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उनको उमेर र फैलँदो कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म अनशनमा बस्न दिन नसकिने निष्कर्षमा चिकित्सक पुगेका हुन् । ‘उहाँको उपचार प्रक्रियामा संलग्न चिकित्सकको निकट सम्पर्कमा छौं, स्वास्थ्य स्थिति खस्कँदो छ, हामी कुर्न सक्दैनौं, कडा पाइला चाल्न बाध्य हुनैपर्छ,’ डा। कार्कीले भने ।

 

चिकित्सकले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर डा। केसीको जीवनरक्षा गर्न तथा आम जनताको फाइदा हुने माग सरकारबाट पूरा गराउन आग्रह गरेका छन् । ‘पुष्पकमलजीले आफूले यसबारे कुरा गर्ने बताउनुभयो,’ उनले भने, ‘जनताका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र सुविधा माग गरिरहेका हाम्रा अग्रज शान्तिपूर्ण सत्याग्रहमा हुनुहुन्छ । हामी उहाँलाई गुमाउन चाहँदैनौं ।’

 

यसैबीच, डा.केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा धर्ना दिएका थिए । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार