• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

टुकोनको काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन

काठमाडौं । राप्रपा सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीको सभाहलमा सम्पन्न भेलाले दावा शेर्पाको संयोजकत्वमा काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन गरेको हो ।

 

पुनर्गठित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै राप्रपाका केन्द्रीय सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले मजदुरहरुका समस्या जिउँका तिउँ रहेकै अवस्थामा कोरोना महामारीको समेत पिडा भोग्न वाध्य आम श्रमिकहरुका लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै श्रमिकहरुको शक्तिको बलमा स्थापित नेकपा र उसैको नेतृत्वको वहुमतको सरकार असफल भएको दावी गरे ।

 

दिनभरी काम गरेर बेलुकाको छाकको जोहो गर्ने श्रमिकहरु, विदेशमा श्रम गरेर परिवार पाल्ने तथा देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्याका बारेमा सरकार मौन रहेकोले आम श्रमिकहरुको हकहितको सुरक्षाको निमित्त संगठन निर्माणमा जोड दिइ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई सशक्त संगठन बनाउन सकेमा मात्र श्रमिकहरुको हितमा आवाज वुलन्द गर्न सकिने अध्यक्ष भण्डारीले बताए । 

 

नवगठित समितिले संगठन विस्तारसँगै श्रमिकहरुका समस्या समाधानको बारेमा डटेर लाग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष भण्डारीले कोरोना महामारी सम्बन्धि बनेका नियमहरुको पूर्ण पालना गर्दै देशभर संगठनलाई मजवुद बनाउने दृढता व्यक्त गरेका थिए । सो कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार