• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

महिला हिंसा विरुद्धको कथा चलचित्र ‘तलाश’

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मको व्यानरमा नयाँ चलचित्र ‘तलाश’ निर्माण भईरहेको छ । चलचित्र हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत छ । 

 

चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज उठाउनेछ । उनले पछिल्लो समयमा नेपालमा महिला हिंसा बढ्दो रहेकाले त्यसका विरुद्धको कथा चलचित्रमा देखाइने बताए । उनका अनुसार चलचित्रको रिलिज मिति केही समय पछि सार्वजनिक गरिनेछ ।

 

चलचित्रमा एलिना बास्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार