• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सामाजिक दुरी कायम गरेर का‌ंग्रेसले सरकार विरुद्ध देशभर आन्दोलन गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक दुरी कायम गरेर देशव्यापी आन्दोलन गर्ने भएको छ ।

 

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको उनी निकटका नेताहरुको बैठकले सरकारका पछिल्ला गतिविधिका बारेमा आन्दोलनमा जाने विषयमा छलफल भएको थियो । 

 

आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले नै आन्दोलनका बारेमा निर्णय लिने सहमहामन्त्री डा.प्रकाशरण महतले जानकारी दिए ।

 

बैठकमा देशभर कोभिडको प्रकोपले जनतामा पारेको असर र सरकारले गरेको अनियमितता र भ्रष्टाचारको बारेमा कुरा उठाउने देउवा पक्षको योजना छ । 

 

यस्तै बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको ज्ञापनपत्रका बारेमा १९ गते नै जानकारी गराउने निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार