• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
स्वास्थ्य

उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ संक्रमित थपिएका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन् ।  

 

काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

 

यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २४ हजार १ सय ३२ पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार ९ सय ८९, ललितपुरमा २ हजार ३ सय ४६ जना र भक्तपुरमा २ हजार १ सय ३० जना संक्रमित छन्

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार