• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
विचार

अँध्यारोमा मानिसको मन पनि अँध्यारै हुन्छ

गतबर्षको दीपावली र तिहार उज्यालोमा बितेको थियो । कतैपनि बत्ती गएको अँध्यारो समाचार सुन्नु परेको थिएन । संघीय राजधानी काठमाडौ लगायतका नेपालगन्ज, बुटवल–भैरहवा, भरतपुर–हेटौंडा, बीरगन्ज, जनकपुर, राजबिराज र बिराटनगरजस्ता कतिपय शहर–बजार बिजुली बत्तीले झकिझकाउ भएका थिए । उज्यालोमा मानिस रमाउँछन । अँध्यारोमा मानिसको मन पनि अँध्यारै हुन्छ । यो स्वाभाविक कुरा हो । अहिलेको समयको सामान्य, तर अनिवार्य, आबश्यकता भै सकेको छ बिजुली । बिजुली बिनाको जीवन सोच्न पनि सकिदैन ।

 

मानिसको जन्मदेखि मृत्युसम्म बिजुलीको आबश्यकता प्रमाणित भै सकेकोछ । तै पनि, बिजुलीको उज्यालो देख्ने बित्तिकै रमाउनुपर्ने हाम्रो नियति बनेकोछ । जतिखेर नेपाल अधिराज्यका रुपमा रहेको थियो, देशमा निर्दलीय पन्चायत ब्यबस्था अन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । तत्कालीन संरचनामा दोलखा जिल्ला जनकपुर अन्चल अन्तर्गत पर्दथ्यो । अन्चलाधीशका नामले चिनिने अन्चल– प्रशाशक धनुषा महोत्तरी र छेउछाउका जिल्लामा सक्रिय रहेका पन्चायत ब्यबस्था बिरोधीहरुलाई पक्राउ गरेर दुःखदिने नियतका साथ दोलखा जेलमा पठाउँथे । अहिले संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्दछ दोलखा । दोलखाको परिचय फेरिएकोछ । रणनीतिक हिसावले दोलखा महत्वपूर्ण जिल्ला बनेकोछ । राज्यको संयोजन र निर्माणका समयमा किन दोलखालाई दुइ नम्बर प्रदेशमा समावेश गराइएन रु यो पहेली बुझिएको छैन । संविधान निर्माणका कतिपय किपाट बन्द नै छन ।जलस्रोतका कारण अहिले आर्थिक बिकासमा दोलखाको महत्व हलक्क बढेकोछ । माथिल्लो तामाकोशी जल–बिद्युत आयोजनालाई सरकारले जलस्रोत बिकासको मेरुदण्ड मान्दै आएकोछ ।

 

यो कुरा त्यसबेला सही हुनसक्दथ्यो जब लक्ष अनुसार, तामाकोशी आयोजनाको निर्माण पूरा भएर बिद्युत उत्पादन शुरु भै सकेको हुन्थ्यो । त्यसो हुन सकेन । नेपाल बिद्युत प्राधिकरण अन्तर्गतको यो आयोजनाले पनि मेलम्ची खानेपानी योजनाले समातेको असफलताको बाटो समात्यो । जनताले हाइ हाइ गरेर टाउकोमा उचालेका कुलमानघिसिंङले पनि यसलाई भीरको बाटो हिंडनबाट रोक्न सकेनन । हाम्रो देशमा अहिले पनि बिजुली बिलासको बस्तु भएकोछ । धेरै गाउँघरमा बिजुली सपनाकै रुपमा रहेकोछ । हामीसंग बिजुली उत्पादनगर्ने पानी प्रसस्त छ । आर्थिक रुपले हामी गरीब भएकाले बिद्युत क्षेत्रमा हाम्रो लगानी न्यून छ । देशको आबश्यकता अनुसार बिजुलीको उत्पादन हुन सकेको छैन । योदुर्भाग्यपूर्ण अवस्था हो ।अहिले भनिन्छ, अब हामी बिजुली उत्पादनमा फडको मार्दैछौं । अहिलेसम्म बिजुलीको उत्पादनका लागि हामी बिदेशी सहयोगको आशामा बस्ने गरेका थियौं । अब त्यो अवस्थामा परिवर्तन आएकोछ । नेपालको नीजि क्षेत्र, आप्रवासी नेपालीहरु र बिदेशीसंगको व्दिपक्षीय सहकार्यमा नेपालमा बिजुली उत्पादन भइ रहेकोछ । बिजुलीमा हामी केही समयभित्रै आत्मनिर्भर हुनेछौं ।

 

त्यसपछि हामीले भोगेका लोडशेडिंगका अनुभव कथा हुनेछन । औद्योगिक बिकासका लागि अपरिहार्य उर्जा नियमित उपलब्ध हुन थालेपछि हाम्रो आर्थिक बिकासको ढोका पनि खुल्नेछ । नेपाली जनतामा छुट्टै उत्साहको संचार हुनेछ । जनताको मनमा गरिबी र पछौटेपनलाई जित्न सकिन्छ भन्ने बिश्वास जागेपछि उन्नतिको बाटो पनि आफै फराकिलो हुनेछ । यसै क्रममा, माथिल्लो तामाकोशी जल बिद्युत आयोजनालाई नेपाल सरकारले आत्मनिर्भरनेपाली बिकासको आइकन बनायो । यो आयोजनाको सफलतापछि पूँजीको परनिर्भरता भोग्नु नपर्ने सपना देखायो । तर, त्यो सपनाको के भयो रु कसैले थाह पाएको छैन । भुईंचालो र भारतीय नाकाबन्दी २०७२ सालमा नेपालका लागि दुर्दशा नै सावित भएका थिए । भुईंचालो र नाकाबन्दीलाई देखाएरभनिन्छ, ती दुइ घटनाले तामाकोशी आयोजनाको निर्माणलाई पछाडि धकेले । तर, त्यसपछि लामो समय बितिसक्यो । तामाकोशी आयोजना प्रतिदिन, प्रतिपल असफल आयोजना साबितहुने लक्षण देखापर्न थालेकोछ । नेपालको आर्थिक नक्सा बदल्न ल्याइएको आयोजना मुठ्ठीभर भ्रष्ट र अयोग्य प्रशासकको हातमा परेर तामाकोही नदीको जंघारमा गाडिने सम्भावना बढेकोछ । अघिल्लो बर्षको चैत मसान्तमा पूराहुने भनिएको आयोजना अब कहिले पूराहुनेछ रु कसैले भन्न सक्दैन । माथिल्लो तामाकोशी आयोजनामाथि अहिले अचानक देखिएको जनताको चिन्ता अकारण होइन । ‘राष्ट्रिय गौरबको’ भनिएको मेलम्ची खानेपानी आयोजनाको असफलता अब तामाकोशीमा दोहोरिदैछ भन्नेमा कुनै शंका छैन ।

 

तामाकोशीलाई सत्ताधारी दलका नेता र तिनका बिचौलिया, निकृष्ट कर्मचारी र दलालहरुको स्वार्थमा असफल गराइदैछ । यो असफलताको पृष्ठभूमि पहिले नै बनाइएको थियो । तामाकोशी आयोजनामा भारतको “गिध्दे दृष्टि” रहेको प्रचार आयोजना प्रारम्भ हुनुभन्दा पहिलेदेखि गरिएको थियो । तामाकोशीको सफल कार्यान्वयन भएमा नेपालमा भारतीय बिजुलीको खपत नहुने भएकोले भारत यसको बिरुध्द लागेको नियोजित हल्ला चलाइयो । यो आयोजना पनि मेलम्चीकै बाटोमा जाने संकेत यही हल्लाले दिएको हो । तामाकोशीमा सामान्य जनता मुख्य लगानीकर्ताका रुपमा रहेकाले तामाकोशीको असफलता देशको लागि चर्कोपर्नु स्वाभाविक हो । देशभरि नै सरकारी लगानीका थुपै्र आयोजना आठ आठ, दस दस बर्षदेखि अधुरा रहेका उदाहरण बग्रेल्ती प्रस्तुत भइ रहेका समयमा माथिल्लो तामाकोशीले त्यही बाटो समात्दा सरकारको बचेखुचेको क्रेडिबिलिटी पनि ओरालो लागेकोछ । नेपालका लागि सर्वाधिक महत्वको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्पm विगु गाउँपालिका वडा नं। १, लामवगरमा अवस्थित छ । यो भाग सप्तकोशी पध्दतिको एक पध्दति, तामाकोशी नदीको, उपल्लो खण्डमा पर्दछ । हालसम्म अध्ययन र निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमध्ये यो सबैभन्दा आकर्षक र सस्तो आयोजना थियो । तर यो आयोजना सबैभन्दा महँगो आयोजनामा रुपान्तरित भै सकेकोछ ।

 

दैनिक पिकिङ प्रकारको यो आयोजनाले सबैभन्दा सुक्खा मौसममा पनि ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नुपर्ने थियो । लामबगरमा हजारौं वर्ष अघि बनेको प्राकृतिक बाँधका कारण छोटो सुरुङ निर्माणबाट उच्च पानी खसाल्ने वाटर हेड र दैनिक पिकिङको लागि कम उचाइको बाँधबाट १२ लाख घनमिटर क्षमताको जलाशय उपलव्ध हुनु यसको बिशेषता हो । नेपाल विद्युत प्राधिकरणले वि।सं। २०५७– २०६० मा यो आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । प्रवेशमार्गको विस्तृत इञ्जिनियरिङ डिजाइन कार्य पनि त्यसैबेला भएको थियो । नर्वे सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य नर्वेजियन परामर्शदाताबाट भएको थियो । आयोजनाबाट चरिकोटदेखि लामवगरसम्म ६८ कि।मि। लामो प्रवेशमार्गको निर्माण र सुदृढीकरण गरी सवारी आवागमन सुचारु भै सकेको छ । आयोजनाको कार्यान्वयन गर्न २०६३ फाल्गुण २५ मा “अपर तामाकोशी हाइड्रोपावर लिमिटेड” स्थापना गरिएको थियो । कम्पनीको मुख्य शेयरधनीहरुमा नेपाल विद्युत प्राधिकरण ९४१५०, नेपाल टेलिकम ९६५०, नागरिक लगानी कोष ९२५० र राष्ट्रिय बीमा संस्थान ९२५० रहेका छन् । त्यस्तै, कम्पनीमा सर्वसाधारणको १५५, दोलखा जिल्ला बासीको १०५ शेयर रहेको छ भने बाँकी २४५ शेयर संचय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुको रहेको छ । यस आयोजनाको लागि कर्मचारी संचय कोषले रु। १० अर्ब, नेपाल टेलिकमले रु। ६ अर्ब, नागरिक लगानी कोषले रु। २ अर्ब, राष्ट्रिय बीमा संस्थानले रु। २ अर्ब र अपुग रकम रु। ११ अर्ब ८ करोड नेपाल सरकारले ऋण लगानी गरेको छ ।

 

तामाकोशी जल–बिद्युत आयोजनाबाट जनताले ठूलो आशा राखेका छ भने यो अस्वाभाबिक होइन । तामाकोशीमा नेपाली लगानी छ । तर, यो लगानीको मूल्य त्यतिबेलामात्र यथार्थका रुपमा स्थापित हुन्छ जब आयोजनाले प्रतिफल दिन थाल्दछ । तामाकोशीबाट बिद्युत उत्पादन भएको दिनमात्र आयोजनामा जीवन संचार हुने हो । अहिले त्यसको सम्भावना निकै कम रहेकोछ । सरकारका उर्जा मन्त्री तथा नेपाल बिद्युत प्राधिकरणका अध्यक्ष बर्षमान पुन अनन्तले तामाकोशी आयोजनाका बारे अहिलेसम्म एकशब्द बोलेका छैनन । मेलम्ची आयोजनाको असफलता देखि सकेपछि तामाकोशी आयोजना मन्त्री पुनका लागि चुनौतिका रुपमा आएकोछ । तामाकोशीको असफलता धेरै महँगो पर्नेछ यो सरकार र आगामी सरकारका लागि ।रुपान्तरण

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार