• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

पद्मश्री पुरस्कार तथा सम्मान रद्द 

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको पद्मश्री पुरस्कार तथा सम्मान यसपटक विवादमा परेपछि रद्द भएको छ ।

 

उपन्यास ‘हंस’का लेखक सञ्जीव उप्रेतीले साहित्यकार मोदनाथ प्रश्रितसंग पुरस्कारको मञ्च साझा गर्न नसक्ने बताएपछि साहित्यकार मोदनाथ प्रश्रितले पनि आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै पद्मश्री सम्मान ग्रहण नगर्ने विज्ञप्ति निकालेका थिए ।  

 

पद्मश्रीबाट पुरस्कृत र सम्मानित दुबै स्रष्टाले पुरस्कार र सम्मान नलिने घोषणा गरेपछि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले मध्यरात एक विज्ञप्ति जारी गर्दै यस वर्षको पद्मश्री पुरस्कार तथा पद्मश्री सम्मान रद्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार