• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

सुपर ओभरमा बैंगलोरको रोमाञ्चक जित 

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो । 

 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । 

 

सुपर ओभरमा मुम्बईका लागि हार्दिक पाड्याले २ रन बनाउँदा किरन पोलार्डले ५ रन बनाए । बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले ।

 

डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए । शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

 

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । चौथो खेलमा मुम्बईले बिहिबार किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ ।

 

पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । चौथो खेलमा बेंगलोरले शनिवार राजस्थान रोयल्ससँग खेल्ने छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार