• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
खेलकुद

पन्जाबमाथि राजस्थानको रोमाञ्‍चक जित 

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी जित निकालेको छ ।

 

राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ गर्दै आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो । शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । 

 

राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

 

ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए । मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

 

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।

 

पन्जाबको यो दोस्रो हार हो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार