• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

बीरगञ्जमा विरोध प्रदर्शन, गो व्याक चाइना, गो व्याक !!!

राहुल गुप्ता, बीरगञ्ज । आइतबार नव जनकल्याण युवा संजाल, बीरगञ्ज पर्साले चीनले नेपाल को हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं.६ लिमीको भुमी अतिक्रमण गरेको बिषयलाई लिएर घण्टाघरमा विरोध प्रदर्शन गरे ।

 

हातमा प्लेकार्ड लिएर युवा संजालका युवाहरूले चीनको सो कार्यको बिरोध गरेका थिए । कार्यक्रम नव जनकल्याण युवा संजालका अध्यक्ष सगिर अलीको अध्यक्षतामा भएको थियो भने वक्ताहरुमा अली हसन, विक्की राज पटेल र नुर आलम रहेका थिए ।

 

बीरगञ्जका युवा अगुवा संजय सर्राफले नेपाली भूमी अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञता प्रकट गर्नु लज्जास्पद भएको बताए। यस्तै कार्यक्रममा बोल्दै नव जनकल्याण युवा संजाल का सदस्य नुर आलमले सड्घीय सरकारले नेपालको भूमी नमिचिएको भनेर घोषण गर्नु दुर्भायापूर्ण भएको बताएका थिए ।

 

कार्यक्रममा संजय सर्राफ, प्रकाश पटेल, अविनाश यादव, कन्हैया साह, बिकास मेहता, संदीप पटेल, समीर हवारी, साहिल हसन, मुन्ना अंसारी, रहम अंसारी, शेष शहनवाज, नवीजान हवारी, भिम पंडित, कृष्णा पटेल, अंकुश पटेल, नितेश पटेल, अनिश पटेल अलीहसन, दिपक पटेल लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार